४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

२८ चैत्र २०७८, सोमबार ११:०३

चैत्र २८, नयाँ दिल्ली | भारतको जहवारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ । 

अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झडप भएको थियो । 

आइतबार होस्टल मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताइन् । झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । ‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन् ।

आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबीभीपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन् । ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उनले भने । 

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू) ले नियोजित ढंगले षड्यन्त्र गरेको उनले आरोप लगाए । यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । 

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ‘हामीले हाम्रा टोलीहरू क्याम्पस बाहिर तैनाथ गरेका छौं । विश्वविद्यालयले अनुरोध गरे  निश्चित रूपमा हाम्रा कर्मचारीहरू क्याम्पस भित्र तैनाथ गर्नेछौँ’, एक अधिकारीले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता