४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीटीआईका सांसदले नेसनल एसेम्ब्लीको सदस्यबाट सामूहिक राजीनामा दिने

२८ चैत्र २०७८, सोमबार ११:१८

चैत्र २८, इस्लामावाद | पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

"संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे । सो निर्णयपछि केही सांसदहरूले संसदबाट राजीनामा दिएको ट्विटरमा घोषणा गरेका छन् । पार्टीको घोषणापछि मुराद सइदले नेसनल एसेम्ब्लीको सदस्यबाट राजीनामा दिएका छन् । पार्टी निर्णयपछि संसद् सदस्यबाट राजीनामा दिने उनी पार्टीको पहिलो सांसद हुन् । पार्टीको नीतिअनुसार आफूले राजीनामा दिएको उनले पुष्टि गरेका छन् । 

विदेशी षडयन्त्रमा इमरान खानलाई सत्ताच्युत गरिएको उनले आरोप लगाए । ‘के विदेशीलाई पाकिस्तानमा सरकार गठन गर्न र तोड्ने अधिकार छ ?’ उनले प्रश्न गरेका छन् । त्यस्तै पूर्वसामुद्रिकमामिला मन्त्री अली हैदर जैदीले पनि ट्वीटरमा राजीनामाको घोषणा गरेका छन् । उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता