२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी

२०७८, २९ चैत्र मंगलवार ०७:०४

चैत्र २९, कोलम्बो | लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।  


लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ । 

स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

प्रयोगशाला परीक्षणमा कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् । 

'श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन,'सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोले भने, 'अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छ ।’ 

औषधि अभावकै कारण बिरामीको मृत्युले 'अस्पतालहरूमा दंगा' हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से