४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

३० चैत्र २०७८, बुधबार ०६:५७

चैत्र ३०, लन्डन | कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ । 

प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न लागेको छ ।’

उनीहरूलाई कति जरिमाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् ।

बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए । 

'रक्सी' पार्टीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ । कन्जरभेटिभ पार्टी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ । बेलायत अझ राम्रो हकदार छ ।’

यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता