४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

४ बैशाख २०७९, आईतवार ०४:५८

वैशाख ४, बेइजिङ | एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो ।

पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।

प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको 'बन्दी' पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र वित्तीय हबमा संक्रमण बढेपछि मार्चको अन्तमा सहरमा लकडाउन घोषणा गरिएको थियो ।

स्थानीय सरकारको कोभिड–१९ रोकथाम प्रावधानपछि पेगाट्रनले सांघाई र नजिकैको कुन्सानका कारखानाहरूको सञ्चालन रोकेको हो । कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने बताएको छ ।

जापानी अखबार निक्केईका अनुसार प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ सहरहरूमा आफ्ना काम रोकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता