२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इथियोपियाले साउदी अरेबियाबाट ७ हजारभन्दा बढी नागरिक फर्कायो

२०७९, ४ बैशाख आईतवार ०७:३७

वैशाख ४, काठमाडौँ | इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ । यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

पछिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो । विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए । तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ ।

इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से