५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इथियोपियाले साउदी अरेबियाबाट ७ हजारभन्दा बढी नागरिक फर्कायो

४ बैशाख २०७९, आईतवार ०७:३७

वैशाख ४, काठमाडौँ | इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ । यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

पछिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो । विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए । तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ ।

इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता