वैशाख ४, काठमाडौँ | रुसले युक्रेनको राजधानी कीभ बाहिरको सैन्य कारखाना 'नष्ट' गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको हो ।
'रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोला बारुद कारखानालाई नष्ट गर्यो’ मन्त्रालयले टेलिग्राममार्फत एक विज्ञप्तिमा उल्लेख गरेको छ ।