१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलका पाँच ‘फ्लप’ भारतीय क्रिकेटर

७ बैशाख २०७९, बुधबार ०८:११

 वैशाख ७, काठमाडौं | इन्डियन प्रिमियर लिग(आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । 

जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमकाे ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ ।  

भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् । 

केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् । 

यी हुन् यसपटक ‘फ्लप’ रहेका पाँच क्रिकेटर

अक्षर पटेल

दिल्ली क्यापिटल्सले मेगा अक्सनअघि नै अक्षर पटेललाई बोली लगाएको थियो र नाै करोड (भारु) मा रिटेन गरेको थियो । तर, अक्षर अहिलेसम्म पूरा 'फ्लप' रहेका छन् । उनले पाँच खेलमा जम्मा एक विकेट लिएका छन् भने ७८ रन मात्रै बनाएका छन् । 

रोहित शर्मा

आईपीएलको सबैभन्दा सफल कप्तान बनेका रोहित शर्मा यस सिजनको भने खास प्रदर्शन दिन सकेका छैनन् । मुम्बई इंन्डियन्सले रोहितलाई १६ करोड (भारु) मा रिटेन गरेको थियो । यस सिजन ६ खेल खेलिसकेका उनले सर्वाधिक ४१ रन बनाएका छन् । हालसम्म उनले जम्मा एक सय १४ रन बनाए । 

विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान तथा ब्याटर विराट कोहली समेत यस सिजन ‘फ्लप’ रहेका छन् । विराटलाई बैंगलोरले १५ करोड (भारु)मा रिटेन गरेको थियो । उनले यस सिजन सात खेलमा मात्र सर्वाधिक ४८ रन बनाएका छन् । हालसम्म एक सय १९ रन बनाएका रोहितको औषत प्रदर्शन १९ दशमलब ८३ रहेको छ । 

मोहम्मद सिराज

मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले सात करोड (भारु) मा रिटेन गरेको थियो । उनी समेत ‘फ्लप’ सूचिमा चौथो नम्बरमा छन् । सिराजले यस सिजन सात खेलमा ६ विकेट लिएका छन् । यस सिजन उनले नाै दशमलव ८९ इकोनोमीमा रन खर्चिएका छन् । 

रविन्द्र जडेजा

रविन्द्र जडेजाले यसपटक चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनलाई यस सिजन १६ करोड (भारु) मा रिटेन गरेको थियो । जडेजाले यस सिजन ६ खेलमा पाँच विकेट लिएका छन् र ८८ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल