वैशाख ८, मस्को | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएकाे बताएका छन् । उनले युक्रेनी सहरको स्टिल कारखाना आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् ।
'युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्,' युक्रेन सरकारले बिहीबार भनेको छ ।
चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत सहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भनेकी छिन् ।