१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले रुससँग हतियार किन्नेबारे अमेरिकाले फेरि के भन्यो ?

१० बैशाख २०७९, शनिबार १०:४९

वैशाख १०, काठमाडौँ | भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।

त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर्गत रुसबाट.S-400 मिसाइल प्रणाली किन्न प्रतिबन्ध लगाएको छ। 

पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्बीले शुक्रबार पत्रकारहरूलाई भने, ‘हामीले यस मुद्दामा भारत र अन्य देशहरूसँग आफ्नो अडान स्पष्ट गरिसकेका छौँ कि हामी उनीहरू रक्षा आवश्यकताहरूका लागि रुसमा निर्भर नरहोस् भन्ने चाहन्छौँ । हामी तिनीहरूलाई यसो नगर्न आग्रह गरिरहनेछौँ। उनले थपे, ‘हामी भारतसँग हाम्रो रक्षा सहयोगलाई महत्त्व दिन्छौँ। हामी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ। यो अगाडि बढ्नेछ किनभने हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल