२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

२०७९, ११ बैशाख आईतवार ०५:३२

 वैशाख ११, ढाका | सन् २०१३ मा वंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ । आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा नामक आठ तले व्यावसायिक भवन भत्किएको थियो । 

भवन भत्किदा ११३४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ अरू घाइते भएका थिए । दुर्घटनाका घाइते करिब २५ सय जनालाई भवनबाट जीवितै उद्धार गरिएको थियो । यसलाई आधुनिक मानव इतिहासमा सबैभन्दा डरलाग्दो भवन दुर्घटना मानिन्छ । 

वंगलादेशको कपडा निर्माता र निर्यात संघका अनुसार भवन भत्किदा त्यहाँभित्र ३१ सय २२ जना मजदुर थिए । भवन भत्किदा धेरैले भूकम्प गएको भन्ने ठानेका थिए । २४ अप्रिलको बिहान लोडसेडिङ भएकाले भवनको माथिल्लो तलामा जेनेरेटर चलाइएको थियो । 

उक्त भवन पश्चिमी बजारहरूको लागि कपडा उत्पादन गर्ने कपडा कारखानाहरू सञ्चालित थियो । भवनमा कपडा कारखानाको अतिरिक्त एउटा बैंक, अपार्टमेन्ट र पसल रहेका थिए । भवनमा दरार देखिएपछि तल्लो तल्लामा रहेका केही पसल र बैंक तत्काल बन्द गरिएका थिए । 

अघिल्लो दिन दरार देखा परेपछि भवन प्रयोग नगर्न सरोकारवाला निकायले दिएको चेतावनीलाई भवनका मालिकहरूले बेवास्ता गरेका थिए । 

भवनमा दरार देखिदा पनि कपडा कारखानाका कामदारहरूलाई भोलिपल्ट फर्कन आदेश दिइएको थियो । बिहानको ‘रस आवर’ मा भवन भत्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से