२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा

२०७९, ११ बैशाख आईतवार १०:२९

वैशाख ११, तेहरान । इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गरेका छन् ।

उनले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताएका छन् । 

उनले पछिल्ला दिनहरुमा अफगानिस्तानका विद्यालय, मस्जिद आदिमा बम हमला गरी नागरिकको ज्यान लिने काम बढ्दै गएको भन्दै यसतर्फ सतर्क रही नागरिकको सुरक्षा गर्न अफगान सरकारसमक्ष आग्रह पनिगरेका छन् । अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो ।

शुक्रबार भएको सो घटनामा अरी अरु झण्डै ४० जना घाइते भएका बताइएको छ । सो मस्जिदमा हरेक शुक्रबार हुने प्रार्थना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

शुक्रबार अपराह्न भएको सो विस्फोट निकै भयानक रहेको पनि अधिकारीहरुले जनाएका छन् । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

प्रहरीले घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या  बढ्न पनि सक्ने छ । 

सो विस्फोट भएलगत्तै घटनास्थलमा पुगेर तालिवान सरकारका सुरक्षाकर्मीले सुरक्षा दिएका र अनुसन्धान थालेका बताइएको छ । तर त्यहाँ भएको उक्त विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन ।

पछिल्ला केही दिनमा यहाँ विस्फोटका घटना हुन थालेका छन् । अघिल्लो हप्ता मात्र पनि यहाँ भएको यस्तै विस्फोटहरुमा परेर ३४ जनाको मृत्यु भएको थियो भने अरु दर्जनौँ व्यत्तिः घाइते भएका थिए ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से