४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

१२ बैशाख २०७९, सोमबार ०८:५७

वैशाख १२, नयाँ दिल्ली | भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त  मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् ।  

कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् । 

‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४ किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाइले कतिजनालाई भेट गर्नु भयो ? तपाई बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ तपाइँले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनु हुन्न ? के सरकार दिल्लीबाट पाँच वर्ष चल्छ ?’

आफ्ना वरिष्ठ अधिकारीहरूसँगै मुख्यमन्त्री मान ‘दिल्ली मोडेल’ सिक्न र पञ्जाबमा यसलाई दोहो¥याउन सोमबार राष्ट्रिय राजधानीमा स्वास्थ्य संस्थान र विद्यालयहरूको भ्रमण गर्ने बताइएको छ । आम आदमीले पञ्जाबको सत्तामा आउनुअघि राज्यका स्कूल र अस्पतालहरूको अवस्था सुधार गर्ने वाचा गरेको थियो ।

दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पञ्जाबमा ‘दिल्ली मोडेल’ लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता