२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

२०७९, १२ बैशाख सोमबार ०८:५७

वैशाख १२, नयाँ दिल्ली | भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त  मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् ।  

कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् । 

‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४ किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाइले कतिजनालाई भेट गर्नु भयो ? तपाई बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ तपाइँले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनु हुन्न ? के सरकार दिल्लीबाट पाँच वर्ष चल्छ ?’

आफ्ना वरिष्ठ अधिकारीहरूसँगै मुख्यमन्त्री मान ‘दिल्ली मोडेल’ सिक्न र पञ्जाबमा यसलाई दोहो¥याउन सोमबार राष्ट्रिय राजधानीमा स्वास्थ्य संस्थान र विद्यालयहरूको भ्रमण गर्ने बताइएको छ । आम आदमीले पञ्जाबको सत्तामा आउनुअघि राज्यका स्कूल र अस्पतालहरूको अवस्था सुधार गर्ने वाचा गरेको थियो ।

दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पञ्जाबमा ‘दिल्ली मोडेल’ लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से