४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानद्वारा विश्वविद्यालयमा युवा–युवतीको पढाइका लागि छुट्टा–छुट्टै दिन निर्धारण

१२ बैशाख २०७९, सोमबार ११:००

वैशाख १२, काठमाडौँ | अफगानिस्तानमा तालिबान शासनले काबुल युनिभर्सिटीमा युवा र युवतीको कक्षा कोठा सञ्चालनमा छुट्टा–छुट्टै दिन निर्धारण गरेको छ । तालिबानको नयाँ योजना अन्तर्गत शनिबार, सोमबार र बुधबार युवतीहरू युनिभर्सिटी जानेछन् र आइतबार, मंगलबार र बिहिबार युवाहरु पढ्न जानेछन् ।

तालिबानको शिक्षा मन्त्रालयका अनुसार आफूले युनिभर्सिटीमा यौन उत्पीडनको घटनालाई रोक्नका लागि यस्तो निर्णय लिएको हो । तर काबुल विश्वविद्यालयका थुप्रै शिक्षक र विद्यार्थीले बीबीसीसँगको कुराकानीमा तालिबानको नयाँ योजनालाई अनुचित बताएका छन् ।

तालिबानका शिक्षा मन्त्रालयका प्रवक्ता अहमद तकीले नयाँ योजनाले छात्राहरु र शिक्षकलाई शोध गर्नका लागि राम्रो अवसर पनि प्रदान गर्ने बताएका छन् । यद्यपि, काबुल विश्वविद्यालयका केही प्राध्यापकले नाम नबताउने शर्तमा तालिबानको यो निर्णयको पाठ्यक्रमसँग कुनै लेनदेन नभएको बताएको छ ।

अहमद तकीले यो आदेश काबुलका दुई विश्वविद्यालयमा लागू गरिएको जानकारी दिए । यद्यपि, यो योजना अन्य सरकारी विश्वविद्यालयमा पनि लागू गरिनेछ ।

पहिला किशोर–किशोरी दिनको भिन्न–भिन्न समयमा सरकारी विश्वविद्यालयमा जान्थे तर अहमद तकीले समयको अभावका कारण विद्यार्थीले राम्रोसँग पढ्न नपाएको पनि बताए ।

स्मरण रहोस्, तालिबान सरकार विश्वविद्यालयमा किशोर–किशोरीको सह–शिक्षाको विरोध गर्छ । यसै कारण उनीहरुले आफ्नो शासनको पहिलो महिनामा विश्वविद्यालय बन्द गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता