२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के पुटिन अस्वस्थ छन् ?

२०७९, १३ बैशाख मंगलवार ०३:५८

वैशाख १३, लन्डन । एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । 

ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ । 

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरेको सो पत्रिकाको दाबी छ । 


गत राति उनी मस्कोको क्राइस्ट द सेभियर क्याथेड्रलमा सहरका मेयर सर्गेई सोब्यानिनको साथमा थिए । त्यतिबेला पुटिनमा पार्किन्सन रोगका केही लक्षण देखिएको पत्रिकाको दाबी छ । 

उनी असहजरूपमा सरेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेका देखिन्थे । उनले सिलिङ र भुइमा हेरेका थिए । राष्ट्रपति आफूलाई नियन्त्रण धेरै सावधान देखिन्थे । मण्डलीमा सामेल हुनबाहेक उनी अरू बोलेनन् । 

युक्रेनी सहर मारिओपोलमा घेराबन्दी गर्न रक्षामन्त्री सर्गेई सोइगुलाई आदेश दिएको केही दिनपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर