२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले जर्मनीका ४० कूटनीतिज्ञलाई देश निकाला गर्ने

२०७९, १३ बैशाख मंगलवार ०७:०२

वैशाख १३, मस्को | मस्कोले जर्मनीका ४० कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।

रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ । 

‘रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीतिक नियोगका प्रमुखसमक्ष कडा विरोध जनाइएको छ’, मन्त्रालयले भनेको छ । 

मन्त्रालयको निर्णयबाट कूल एक सय जर्मनी प्रभावित हुने प्राप्त विवरणहरूमा जनाइएको छ । रुसी कदम अनुमान गरे अनुसारको भए पनि न्यायोचित नभएको जर्मन विदेशमन्त्री अन्नलेना बेरबोकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से