२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रुसका विदेशमन्त्रीद्वारा तेस्रो विश्व युद्धको चेतावनी

२०७९, १३ बैशाख मंगलवार ०७:३०

वैशाख १३, काठमाडौं |  युक्रेनमा पश्चिमा राष्ट्रहरुले हतियार पठाएपछि रुसका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।

युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच भिडन्त भइरहेको छ। लाभरोभले डोनबास क्षेत्रमा पश्चिमा राष्ट्रले हतियार पठाइरहेको आरोप लगाएका छन्।

युक्रेनले युद्ध लड्न अमेरिकासहित युरोपियन राष्ट्रहरुमा हतियार लिइरहेको छ। युक्रेनलाई थप हतियार पठाउनेमा पश्चिमा राष्ट्रहरु लागिरहेका छन्।

उनले तेस्रो विश्व युद्धको खतरा भए पनि युक्रेनसँग भने वार्ता भइरहेन बताएका छन्।

‘खतरा गम्भीर छ। यो वास्तविकता हो। तपाईँहरुले अहिलेको अवस्थालाई कम आंकलन नगर्नुस,’ उनले भनेका छन्।

रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ६१ दिन पुगिसकेको छ। यसबिच ५१ लाखभन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन् भने दुवैतर्फबाट हजारौं संख्यामा मानिस मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से