ढुंगाबाट कागज बनाउन खोज्दै रुस

Posted on: 26 Apr, 2022

वैशाख १३, काठमाडौं | रुसले ढुंगाबाट कागज बनाउने प्रविधि विकास गरिरहेको छ । 

यस्तो कागजमा सेलुलोजको साटो चुनढुंगा र विषरहित पोलिमर उपयोग गरिन्छ । अनि यस्तो कागजको मूल्य परम्परागत कागजको भन्दा सस्तो हुन्छ । रुससँग चुनढुंगाको अथाह स्रोत रहेको विश्वास गरिन्छ । 

चुनढुंगाबाट बनेको कागज वातावरणमैत्री पनि छ । यसलाई पानीले सजिलै बिगार्न सक्दैन र यसलाई ब्लीचिङ पनि गरिरहनुपर्दैन । 

केही महिनाभित्र यस्तो कागज उत्पादन परियोजना सार्वजनिक गरिने अपेक्षा छ । त्यसक्रममा ट्वाइलेट पेपर, अफिस पेपर र बूक पेपर उत्पादन गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!