२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोक्यो रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति ?

२०७९, १४ बैशाख बुधबार ०५:००

वैशाख १४, मस्को | रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । 

पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेकाे जनाएको छ । तर, तत्काल भन्डार आवश्यक नभएको र आफ्नो ग्यास भन्डारण ७६ प्रतिशत रहेकाे वार्साले प्रष्ट पारेकाे छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । साेही बमाेजिम केही खरीदकर्ताहरूले रुबलमा भुक्तानी गरेका छन् । 

क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने  युरोपेली देशहरूमध्ये एक हो ।

रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै अनुबंधात्मक दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रीसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।

यसैबीच, पूर्वी युरोपको मोल्डोभामा पनि तनाव बढेको छ । ट्रान्सडनिस्ट्रिया क्षेत्रका मस्को समर्थित अधिकारीहरूले त्यहाँ श्रृंखलाबद्ध आक्रमण भएको बताएपछि मस्कोले युरोपलाई ब्ल्याकमेल गरेको र मोल्डोभालाई द्वन्द्वमा तान्न खोजेको युक्रेनले आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से