२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीलाई थप पाँच वर्ष जेल सजाय

२०७९, १४ बैशाख बुधबार ०६:१७

वैशाख १४, म्यानमार | म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । 

७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।

यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा  प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो । 

सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो । 

गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि  दर्जनौँ फौजदारी अभियोग लगाएको छ ।  उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।

आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाई छ ।

अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से