१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्यो तेस्रो विश्वयुद्धको खतरा

१६ बैशाख २०७९, शुक्रबार ०६:४६

वैशाख १६, काठमाडौं | संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युक्रेन पुगे । युक्रेनमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटिरहेकै बेला रुसले मध्य किभमा मिसाइल हमला गरेको छ ।

बिहिबार राष्ट्रसंघका महासचिव रहेको स्थान नजिकै भएको घटनालाई अर्थपूर्ण मानिएको छ । गुटेरेज रुस र युक्रेनबीच शान्ति सम्झौताको पहल गर्न सक्रिय भएका हुन् । उनी रुस पुग्नु अघि अमेरिकी अधिकारीहरुलाई भेटेर गएका थिए ।

यसैगरी, अमेरिकाले युक्रेनलाई दोस्रो विश्वयुद्धमा जस्तै युक्रेनमा हतियार दिन थालेको रुसले उल्लेख गरेको छ । रुसी टेलिभिजन आरटी टीभीले अमेरिकाले युक्रेनलाई दिन लागेको हतियारबारे कँग्रेसमा प्रस्ताव नै पारित गर्न लागेको उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले ३३ अर्ब डलर युक्रेनलाई थप सहयोग दिन खोजेका छन् ।

अमेरिकासहित नाटो देशहरुले युक्रेनलाई हतियार धमाधम दिइरहेका छन् । जर्मनीले पनि ट्यांकर दिन थालेको छ ।

यता रुसले बल्गेरिया र पोल्यान्डलाई ग्याँस बन्द गरिसकेको छ । उसले अन्य देशहरुमा पनि ग्याँस बन्द गर्न धम्की दिइरहेको छ । यसले यूरोपमा ठूलो संकटको खतरा बढेको छ ।

रुसमाथि अमेरिकासहित नाटो देशहरुले दबाब बढाउनु, हतियारको होडवाजी चल्नुले विश्वयुद्धको खतरा बढेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले विश्वयुद्धको खतरा नकार्न नसकिने बताइसकेका छन् । उनले अमेरिकालगायत पश्चिमा देशहरुले विश्वयुद्धतर्फ सँसारलाई धकेल्न खोजेको आरोप लगाइरहेका छन् । उनले आणविक हतियारको प्रयोगको पक्षमा आफूहरु नभएको तर वाध्य बनाइए नकार्न नसकिने बताएर तरंग ल्याइदिएका छन् ।

आणविक शक्ति सम्पन्न देशहरुले पछिल्लो घटनामा आफूलाई तयारी अवस्थामा राखेका छन् । रुसले त्यस्ता हतियार तयारी अवस्थामा राखिसकेको छ । यूरोपमा पनि खतरनाक हतियारहरु तयारी अवस्थामा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार