वैशाख १७, काठमाडौँ | यूक्रेनसँगको जंगको बीचमा रूसले अहिले डल्फिन माछालाई पनि मैदानमा उतारि सकेको छ । रूसी सेनाले यी माछाहरुलाई ट्रेनिंग दिएर कालो सागरको नौसैनिक अड्डामा निगरानी गर्नेको लागि तैनाथ गरेको छ । यो खुलासा अमेरिकाको यूएस नेवल इनस्टीट्यूट (USNI) ले आफ्नो सेटलाइट तस्वीरको आधारमा गरेको हो ।
रुसले सेवस्तोपोल वन्दरगाहको इन्ट्री गेटमा डल्फिन्स तैनाथ राखेको छ । यी डल्फिन्सहरुलाई सेवस्तोपोल वन्दरगाह क्रीमिया पेनिनसुलाको दक्षिणी छेउमा राखेको छ, जसलाई रुसले २००४ मा कब्जा गरेको थियो । USNI को सेटलाइट इमेजको एनालिसिसको आधारमा, फरवरीमा यूक्रेनमा अटेकको शुरुवातमा रूसले आफ्नो नवल बेसमा डल्फिन्सको दुई वटा बटालियन्सलाई सिफ्ट गरेको थियो। मिलेट्री ट्रेन्ड डल्फिन्सलाई कालो सागरको नेवल बेसमा देखेको हो । यसलाई कसरी राखेको छ भनी हेर्न USNI को सेटलाइट इमेजलाई जूम गरेर देख्न सकिन्छ ।