२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

२०७९, १८ बैशाख आईतवार ०७:१४

वैशाख १८, कोलम्बो | आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ । 

सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चार मन्त्री नालाका गोदाहेवाले भने ।

रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई/तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन् । मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् ।  हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से