७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो विश्वयुद्धको क्षतिपूर्ति दाबीको विषयमा जर्मनीद्वारा इटलीविरुद्ध राष्ट्रसङ्घीय अदालतमा मुद्दा

१८ बैशाख २०७९, आईतवार १२:०७

वैशाख १८, काठमाडौं | दोस्रो विश्वयुद्धकालीन समयमा भएका युद्ध अपराधमा इटलीभित्रै भएका क्षतिपूर्ति दाबीका विषयमा जर्मनीले इटलीविरुद्ध संयुक्त राष्ट्रसङ्घको अदालतमा मुद्दा दायर गरेको छ।

इन्टर्न्याश्नल कोर्ट अफ जस्टिश आईसीजेमा दायर गरिएको निवेदनमा जर्मनीले सन् २०१२ को फैसलाविपरीत इटलीले आफ्ना अदालतमा दोस्रो विश्वयुद्धकालीन मुद्दाहरू दायर गर्न दिइरहेको आरोप लगाएको छ।

सन् २०१२ को फैसलायता २५ वटा नयाँ मुद्दाहरू इटलीमा दायर भएका छन्।त्यसमध्ये केहीमा अदालतले जर्मनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।बर्लिनले हाल चलिरहेका दुईवटा मुद्दाहरूका कारण रोममा रहेका जर्मनीका सम्पत्ति जफत भएर क्षतिपूर्ति तिराइन सक्ने भएकाले उजुरी दर्ता गरिएको जनाएको छ।

कसरी विवाद सुरु भयो

इटलीको अदालतले आगामी मे २५ मा केही भवनहरू ब्रिकी गर्न बाध्य पार्ने या नपार्ने फैसला गर्ने भनेको छ।ती भवनहरूमा जर्मनीका सांस्कृतिक, ऐतिहासिक र शैक्षिक संस्थाहरू छन्।सन् २००८ मा इटलीको सर्वोच्च अदालतले जर्मन फौजहरूले सन् १९४४ मा टसकनीमा हत्या गरेका २०३ मध्ये नो जनाको परिवारलाई करिब १० लाख युरो क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आदेश दिएपछि विवाद सुरु भएको हो।

जर्मनीले दोस्रो विश्वयुद्ध अन्त्य भएयता त्यसबाट प्रभावित देशहरूलाई आफूले अर्बौँ युरो उपलब्ध गराइसकेको तर्क गर्ने गरेको छ।

उसको निवेदनमा सन् २०१२ को आईसीजेको आदेशलाई उद्धृत गरिएको छ जसमा त्यस्ता क्षतिपूर्तिको दाबीलाई अदालतमा प्रवेश गर्न दिएर इटलीले 'सङ्घीय गणतन्त्र जर्मनीले अन्तर्राष्ट्रिय कानुन अनुसार प्राप्त गर्ने उन्मुक्तिलाई सम्मान गर्नुपर्ने दायित्वलाई उल्लङ्घन गरेको' लेखिएको छ।

आईसीजेलाई यस्ता आदेशहरू दिन वर्षौँ लाग्न सक्छ।तर जर्मनीले उक्त अदालतलाई आफ्नो मुद्दा विचाराधीन रहेको अवस्थामा इटलीलाई कुनै पनि सम्पत्तिलाई लिलाम गर्नबाट रोक्न कदम चाल्न अनुरोध गरेको छ।नेदरल्याण्डको द हेगमा अवस्थित आईसीजे संयुक्त राष्ट्रसङ्घको मूल न्यायिक निकाय हो जसको एउटा प्रमुख जिम्मेवारी देशहरूका बीचमा आइपर्ने कानुनी विवादको समाधान हो।बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?