४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

२० बैशाख २०७९, मंगलवार ०५:३५

वैशाख २०, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ । 

चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको रूसी पूर्वविदेशी गुप्तचर सेवाका लेफ्टिनेन्ट जनरलद्वारा सञ्चालित टेलिग्राम च्यानललाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ । 

अपेक्षित शल्यक्रिया र ‘रिकभरी’ले पुटिनलाई ‘थोरै समयका लागि’ निस्कृय पार्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।  

पछिल्ला दिनमा राष्ट्रपति पुटिनको ‘टिठलाग्दाे उपस्थिति र सार्वजनिक रूपमा उदासीन व्यवहार’ लाई सन्दर्भ जोड्दै सो पत्रिकाले पुटिनलाई क्यान्सर र पार्किन्सन रोगसहित अन्य गम्भीर समस्या भएको दाबी गरेकाे छ । 

यद्यपि, एक अमेरिकी अधिकारीले मडियामा सार्वजनिक भएका रिपोर्टहरूलाई पुष्टि गर्न नसकिने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘मैले त्यसलाई पुष्टि गर्न सहयोग गर्ने कुनै पनि कुरा देखेको छैन । ’

केही दिनअघि पुटिनले निकोलाई पात्रुसेभसँग दुई घण्टाको ‘हार्ट टु हार्ट’ कुराकानी गरेको टेलिग्राम पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोस्टको जनाएको थियो । ‘पुटिनले पात्रुसेभलाई संकेत गरेका थिए कि उनी व्यावहारिक रूपमा आफ्नो एकमात्र भरपर्दो सहयोगी र सरकारका सारथी हुन्’, पोस्टले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता