४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा भेटियो कोभिड-१९ का नयाँ दुई भेरियन्ट, नयाँ महामारीको संकेत हुनसक्ने

२० बैशाख २०७९, मंगलवार ०७:४७

वैशाख २०, वासिङटन  | संयुक्त राज्य अमेरिकामा ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ ।

बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठानले आइतबार मात्र झन्डै चार हजारजना नयाँ कोरोना संक्रमित भेटिएको जनाएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा पोजिटिभ भेटिएको छ ।

तर, दक्षिण अफ्रिकाका एक वरिष्ठ कोरोना अनुसन्धानकर्ता एलेक्स सिगलले त्यस्ता बिरामीलाई सम्भवतः अस्पतालै भर्ना गर्नु नपर्ने र उनीहरूको ज्यान पनि नजाने बताएका छन् ।

दक्षिण अफ्रिकास्थित अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका प्राध्यापक सिगलले खोप लगाइसकेका र पहिल्यै संक्रमण भइसकेका एन्टिबडी भित्र छिर्न सक्ने भएकाले नयाँ भेरियन्ट बीए ४ र बीए ५ ले संक्रमणको नयाँ लहर सिर्जना गर्न सक्ने बताएका छन् । यी नयाँ दुई भेरियन्ट बीए २ भन्दा बढी सर्ने खालको देखिएको बताइएको छ । फोर्च्युनबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता