२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

२०७९, २० बैशाख मंगलवार १०:१४

वैशाख २०, काठमाडाैं | इजरायलले सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नाजी नेता एडोल्फ हिटलरको यहुदी जरा रहेको भन्ने किसिमले गरेको टिप्पणीको निन्दा गरेको छ। यति मात्रै नभएर इजरायलका लागि रुसी राजदूतलाई इजरायलका विदेशमन्त्री यायर ल्यापिडले 'कडा वार्ता'का लागि बोलाएका छन् ।

ल्यापिडले वाईनेट समाचार वेबसाइटलाई भनेका छन्, 'यो एक अक्षम्य, निन्दनीय कथन हो, एक भयानक ऐतिहासिक गल्ती हो, र हामी माफीको अपेक्षा गर्दछौँ।'

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनले  असैनिकीकरण गर्नका लागि भएको विशेष सैन्य अभियान भनेको छ ।लाभरोभको टिप्पणीलाई वास्तविक नाजीवादका पीडितहरूका लागि अपमान र गहिरो प्रहार भएको बताउँदै प्रलयमा मारिएका ६० लाख यहुदीहरूको सम्झनामा रहेको इजरायलको स्मारक याड वासेमका अध्यक्ष ड्यानी दयानले रुसी विदेशमन्त्रीले षडयन्त्र सिद्धान्त फैलाइरहेको बताएका छन् ।

लाभ्रोभले एक इटालियन दोभाषेलाई भनेका थिए, 'यदि उनीहरूले हामी यहुदी हौँ र यो कस्तो प्रकारको नाजिफिकेसन हो भन्छन् भने, मलाई लाग्छ कि हिटलरको पनि यहुदी मूल थियो, त्यसैले यसको कुनै मतलब छैन।'

'लामो समयदेखि हामीले बुद्धिमान् यहुदीहरूले भनेको सुन्दै आएका छौं कि सबैभन्दा ठूलो एन्टि-सेन्मिट (यहुदी विरोधी)हरू यहुदीहरू आफैँ हुन्,' उनले थपे।

इजरायलले रुस र युक्रेनबीच तटस्थ स्थिति खडा गर्न खोजेको बेला यस टिप्पणीले दुई देशबीचको सम्बन्धमा ठूलो गिरावट ल्याउन सक्ने विदेशी मामिलाका जानकारहरूको भनाइ छ ।

लाभरोभको टिप्पणीको निन्दा गर्दै, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्विट गर्दै भनेका छन्,'इतिहास पुनस लेख्ने प्रयास गरेर, मस्कोले युक्रेनीहरूको सामूहिक हत्यालाई जायज ठहराउन तर्कहरू खोजिरहेको छ।'

दोस्रो विश्वयुद्धमा करिब २ करोड ७० लाख नागरिक मारिएको सहने सोभियत सङ्घले नाजी जर्मनीलाई पराजित गर्न मद्दत गरेको थियो । मस्कोले आफूलाई मुक्तिदाताको रूपमा चित्रण गर्ने प्रयास गरेको कुरा समेत यसले सङ्केत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से