४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

२० बैशाख २०७९, मंगलवार १०:१४

वैशाख २०, काठमाडाैं | इजरायलले सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नाजी नेता एडोल्फ हिटलरको यहुदी जरा रहेको भन्ने किसिमले गरेको टिप्पणीको निन्दा गरेको छ। यति मात्रै नभएर इजरायलका लागि रुसी राजदूतलाई इजरायलका विदेशमन्त्री यायर ल्यापिडले 'कडा वार्ता'का लागि बोलाएका छन् ।

ल्यापिडले वाईनेट समाचार वेबसाइटलाई भनेका छन्, 'यो एक अक्षम्य, निन्दनीय कथन हो, एक भयानक ऐतिहासिक गल्ती हो, र हामी माफीको अपेक्षा गर्दछौँ।'

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनले  असैनिकीकरण गर्नका लागि भएको विशेष सैन्य अभियान भनेको छ ।लाभरोभको टिप्पणीलाई वास्तविक नाजीवादका पीडितहरूका लागि अपमान र गहिरो प्रहार भएको बताउँदै प्रलयमा मारिएका ६० लाख यहुदीहरूको सम्झनामा रहेको इजरायलको स्मारक याड वासेमका अध्यक्ष ड्यानी दयानले रुसी विदेशमन्त्रीले षडयन्त्र सिद्धान्त फैलाइरहेको बताएका छन् ।

लाभ्रोभले एक इटालियन दोभाषेलाई भनेका थिए, 'यदि उनीहरूले हामी यहुदी हौँ र यो कस्तो प्रकारको नाजिफिकेसन हो भन्छन् भने, मलाई लाग्छ कि हिटलरको पनि यहुदी मूल थियो, त्यसैले यसको कुनै मतलब छैन।'

'लामो समयदेखि हामीले बुद्धिमान् यहुदीहरूले भनेको सुन्दै आएका छौं कि सबैभन्दा ठूलो एन्टि-सेन्मिट (यहुदी विरोधी)हरू यहुदीहरू आफैँ हुन्,' उनले थपे।

इजरायलले रुस र युक्रेनबीच तटस्थ स्थिति खडा गर्न खोजेको बेला यस टिप्पणीले दुई देशबीचको सम्बन्धमा ठूलो गिरावट ल्याउन सक्ने विदेशी मामिलाका जानकारहरूको भनाइ छ ।

लाभरोभको टिप्पणीको निन्दा गर्दै, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्विट गर्दै भनेका छन्,'इतिहास पुनस लेख्ने प्रयास गरेर, मस्कोले युक्रेनीहरूको सामूहिक हत्यालाई जायज ठहराउन तर्कहरू खोजिरहेको छ।'

दोस्रो विश्वयुद्धमा करिब २ करोड ७० लाख नागरिक मारिएको सहने सोभियत सङ्घले नाजी जर्मनीलाई पराजित गर्न मद्दत गरेको थियो । मस्कोले आफूलाई मुक्तिदाताको रूपमा चित्रण गर्ने प्रयास गरेको कुरा समेत यसले सङ्केत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता