४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाखौं अमेरिकी महिलाको गर्भपतन सम्बन्धि मस्यौदा चुहावट वास्तविक भएको पुष्टि

२१ बैशाख २०७९, बुधबार ०३:००

वैशाख २१, न्युयोर्क । एजेन्सी । लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्ने चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो । 

मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो ।

तर, मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले बताए । गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को एतिहासिक फैसलालाई उल्ट्याउन सक्ने विषय चुहावट भएको दस्तावेजमा उल्लेख छ ।  

यसैबीच राष्ट्रपति जो बाइडेनले सो निर्णय अगाडि बढे स्वतन्त्रता सम्बन्धी प्रश्न उठाउने बताएका छन् । चुहावट भएको दस्ताबेजलाई ‘फस्ट ड्राफ्ट’ भनिएको छ । त्यसमा अदालको बहुमतको राय प्रतिबिम्बित भएको देखिन्छ । 

रो भी वेड नामको सो मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकामा आधा राज्यहरूमा गर्भपतनमाथि रोक लाग्न सक्छ । 

मस्यौदा चुहावट भएको विषयप्रति सर्वोच्चले गम्भीर उल्लंघन भनेको छ । एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टसले त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता