४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पुनः बलात्कृत

२१ बैशाख २०७९, बुधबार ०९:४२

वैशाख २१, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशकी एक १३ वर्षकी दलित बालिका गाउँकै चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् । 

भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ ।सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बीबीसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

एफआइआरमा के छ ?

यो घटनाको एफआइआर ३ अप्रिल दिउँसो दुई बजे दर्ता गरिएको छ । यसमा बलात्कारको आरोप लगाइएको छ । गाउँका चारजना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ । अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई फकाई गरी, लुकाएर भोपाल ल्याएर तीनदिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

गत अप्रिल २६ मा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकी नजिकै छाडेर भागेको पनि आरोप छ । एफआइआरका अनुसार इन्स्पेक्टरले ती बालिकालाई उनकी काकीलाई सुम्पेका थिए । उनले पनि उनलाई भगाएर लिएर जाने चन्दनकी बहिनीलाई दुई दिनका लागि सुम्पिएकी थिइन् ।

एफआइआरमा लेखिए अनुसार बालिकालाई २७ अप्रिलमा बयानका लागि बोलाइयो र बेलुका हुने बित्तिकै उनकी काकीले बालिकालाई थाना अध्यक्ष तिलकधारी सरोज भएठाउँ लिएर गइन् । बालिकालाई कोठामा लगेर दृष्कर्म गरियो ।

त्यसपछि बालिकालाई उनकी काकीलाई पुनः सुम्पिइयो । एफआइआरका अनुसार यो घटनाको कुनै पनि जानकारी बालिकाका आमा–बुवालाई दिइएन । २० अप्रिलमा जब बालिकालाई पुनः थाना ल्याइयो र उनलाई एनजिओ चाइल्डलाइनलाई सुम्पिइयो त्यसपछि काउन्सिलिङमा बालिकाले सबै कुरा बताइन् ।

दारोगाको गिरफ्तारीका लागि बनाइएको समूहले यस घटनाबारे थप जानकारी दिँदै ललितपुरका एसपी निखिल पाठकले भने, ‘प्रहरीले एफआइआर दर्ता गरेको छ । यसमा एक अभियुक्तलाई हामीले पक्राउ गरेका छौँ । उनीसँग सोधपुछ भइरहेको छ । यसबाहेक अन्य अभियुक्तका लागि पनि हामीले समूह बनाएका छौँ । उनीहरुको गिरफ्तारी छिट्टै हुनेछ । एसओ तिलकधारी सरोजलाई तत्काल निलम्बित गरिएको छ । उनलाई पक्राउ गर्नका लागि पनि टिम बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता