२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खडेरीसँग लड्न उत्तर कोरियाले अफिसका कामदारलाई खेतमा खटायो

२०७९, २२ बैशाख बिहीबार ०८:३०

वैशाख २२, सोउल | खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले अहिले यस समस्याको समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ । हालको खडेरी लामो समयसम्म रहन सक्ने हुँदा खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले बुधबार रिपोर्ट गरेको हो । 

गत वर्ष पनि उत्तर कोरियाली प्रमुख किम जोङ उनले देशको खाद्य अवस्थामा सुधार ल्याउन आवश्यक नीतिहरु कार्यन्वयन गर्न अपील गरेका थिए । कोरोना महामारी र प्राकृतिक प्रकोपका कारण नै खाद्यान्न भण्डारणमा समस्या भइरहेको उनले स्वीकारेका थिए । 

लामो समय अगाडिदेखि नै खडेरी र बाढी उत्तर कोरियाका लागि गम्भीर चुनौति मानिँदै आएको छ । खेतीमा व्यवस्थित सिँचाइ प्रणाली लगायत आवश्यक संरचनाहरुको अभावका कारण पनि त्यहाँ हरेक वर्ष यस्तो समस्या हुने गरेको छ । पहिले नै अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाको अर्थतन्त्रका लागि यो थप घातक साबित हुने निश्चित छ । 

समाचारमा यो खडेरीले पुर्याएको क्षतिबारे केही भनिएको छैन भने यो प्रयास केबल हालको सुख्खापन र आगामी संकटको समाधानको तयारी भएको उल्लेख गरिएको छ । 

राजधानी प्योङयोङको उत्तरमा पर्ने आन्जु र केचोन क्षेत्रमा स्थानीयहरुले आफैँ पोखरी निर्माण गरि त्यसमा मल अनि बोटबिरुवा बढाउने तत्वहरु राखेर खेतसम्म पानी लैजान ट्रक र ट्रयाक्टरको व्यापक प्रयोग गरिरहेका छन् । 

गत मार्चमा संयुक्त राष्ट्र संघले खाद्यान्न आयात गर्न र आफ्ना सहयोगीहरुलाई भित्र्याउन सिमाना पुनः सुचारु गर्न आग्रह गरेको थियो । 

उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एकजना बिरामीबारे पनि आधिकारिक खबर गरेको छैन । तर विश्व खाद्यान्न कार्यक्रमको प्रक्षेपण अनुसार महामारी अगाडि नै त्यहाँका १ करोड १० लाख बढी मानिसहरु अर्थात ४० प्रतिशत जनसङ्ख्या कुपोषित अवस्थामा छ र तिनलाई तत्कालै मानवीय सहायताको आवश्यकता छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से