४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

२२ बैशाख २०७९, बिहीबार ०९:२४

वैशाख २२, काबुल | एजेन्सी | अफगानिस्तानमा  तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ । देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो । 

तालिबानले सत्ता कब्जा गर्नुअघि काबुललगायत देशका केही प्रमुख सहरहरूमा महिलाहरूले गाडी चलाएको देख्न सकिन्थ्यो ।  महिलाहरूलाई ड्राइभिङ लाइसेन्स वितरण गर्न बन्द गरेकाले अब सडकमा यस्ता दृश्य क्रमशः घट्दै जाने अनुमान गरिएको छ । 

गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ । 

एउटा पछिल्लो घोषणामा तालिवानले हालैको एउटा आदेशमा तालिबान शासनले ६ कक्षाभन्दा  माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो, जसका कारण विश्वव्यापी निन्दा भएको छ ।

शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने तालिबान नेताहरूले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता