२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्योः युक्रेन

२०७९, २२ बैशाख बिहीबार १०:४६

वैशाख २२, किभ | एजेन्सी | रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् ।

‘रूसी आक्रमणकारीहरूले एजोभस्टल क्षेत्रमा युक्रेनी एकाइहरूलाई अवरुद्ध गर्न र नष्ट गर्न खोजिरहेका छन्’, किभको सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘कारखाना नियन्त्रणमा लिन रुसले पुनः आक्रमक कारबाही गरेको छ । ’

रुसले घोषणा गरेको युद्धविरामलाई घेरामा राखिएको प्लान्टमा सुरु हुन लागेको बेला यो बयान आएको हो, जहाँ सयौं युक्रेनी सैनिक र केही नागरिक हप्तादेखि फसेका छन् । 

रुसी सेनाले घोषणा गरेको युद्ध विराम केही सातादेखि घेरा हालिएको कारखानामा लागू हुन केही समय बाँकी रहँदा सो विज्ञप्ति सार्वजनिक भएको हो । सो कारखानामा सयौँ युक्रेनी सेना र केही सर्वसाधारण हप्तौँसम्म त्यहाँ फसेका थिए । 

मारिओपोलको रक्षाको नेतृत्व गर्दै आएका अजोभ बटालियनका कमाण्डरका अनुसार रुसी सैनिकहरू प्लान्टमा प्रवेश गरिसकेका छन् र त्यहाँ रक्तपातपूर्ण लडाइँ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से