मोदी–म्याक्रोँ भेटवार्ता, युक्रेन संकट समाधानमा दुबैको साझा मत

Posted on: 05 May, 2022

वैशाख २२, पेरिस | युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट वार्ता गरेका छन् । भेटका अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा वार्ता गरेका छन् । 

वार्तापछि दुबै देशका नेताहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । दुबै नेताले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै युक्रेनको मानवीय संकटप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् । 

भारत र फ्रान्सले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणको पीडाको अन्त्यका लागि दुवै पक्षलाई एकै ठाउँमा ल्याउने र संवाद तथा कूटनीतिको प्रवर्द्धन गर्नसमेत दुवै नेताले सहमति जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!