२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानी प्रधानमन्त्रीले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा

२०७९, २३ बैशाख शुक्रबार ०२:२२

वैशाख २३, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने बताएका छन्।

यसअघि नै जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ।

लण्डन पुगेका जापानका प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटपछि यस्तो घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताएका छन्। यसका साथै उनले रुसको आक्रामकता युरोपका लागि मात्र समस्या नभएको बताए।

युरोपमा रुसको आक्रामकता र इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो वर्चस्वमा के समानता छ भनेर पत्रकारहरुले सोध्दा उनले भने,‘युक्रेनमा जे भयो भोलि पूर्वी एसियामा पनि हुन सक्छ।’

जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सहन नहुने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर