२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिप्रति पुटिनले मागे माफी

२०७९, २३ बैशाख शुक्रबार ०७:४१

वैशाख २३, काठमाडौं | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहूदी रगत थियो भनेको विषयलाई लिएर माफी मागेको इजरायलले जनाएको छ । पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यद्यपि उक्त टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख गरिएको छैन । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहूदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उक्त टिप्पणी गरेका थिए ।
लाभ्रोभले गत आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा त्यस्तो बताएका हुन् । इजरायलले यहुदीहरूको आम नरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट उनको भनाइ आएको थियो।
उक्त दिनलाई इजरायलको पात्रोको सबैभन्दा गम्भीर दिनहरूमध्येको एक मानिन्छ । टेलिभिजनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की स्वयम् यहुदी हुँदाहुँदै रुसले कसरी त्यहाँ नाजीकरणबाट मुक्त गर्न लडिरहेको भन्ने दाबी गर्न सक्छ ? भनेर सोधिएको थियो ।
त्यसको जवाफमा लाभ्रोफले भनेका थिए, ‘म गलत पनि हुनसक्छु तर हिटलरमा पनि यहुदीकै रगत थियो। त्यसैगरी जेलेन्स्की पनि यहुदी हुन् । त्यसको अर्थ केही पनि पूर्णरूपको हुँदैन। विद्वान् यहुदीहरू नै भन्छन् सबैभन्दा बढी यहुदी विरोधी प्रायः यहुदी नै हुने गर्छन्।’ रुसी विदेशमन्त्रीको उक्त भनाइले इजरायलमा आक्रोश पैदा गरेको थियो । दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले ६० लाख यहुदीहरूको नरसंहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से