वैशाख २३, काठमाडौँ | भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना साँधेका छन् । राहुल गान्धीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै जारी गरेको आँकडालाई आधार बनाएर एउटा ट्वीट गरेका छन्।
राहुलले ट्वीट गरेका छन्, ‘कोभिड महामारीका कारण ४७ लाख भारतीयको मृत्यु भएको छ…. ४.८ लाख होइन, जस्तो कि सरकारले दाबी गरिरहेको छ ।’
राहुल गान्धीले थपेका छन्, ‘विज्ञानले झुटो बोल्दैन, मोदी बोल्छन् ।’
राहुल गान्धीले थपेका छन्, ‘कम्तीमा ती परिवारको इज्जत गर्नुहोस् जसले आफन्त गुमाएका छन् ।’