५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

२५ बैशाख २०७९, आईतवार ०८:०६

वैशाख २५, काठमाडौ | पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

ध्वस्त भवनको भग्नावशेषबाट ३० सर्वसाधारणलाई बाहिर निकालिएको समेत उनले जानकारी दिए । उद्धार गरिएकामध्ये ७ जना घाइते छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश सार्वजनिक गर्दै उनले बताएअनुसार लुहान्स्क क्षेत्रको बिलोहोरिभ्का गाउँमा रहेको सो विद्यालय भवनमा ९० सर्वसाधारणले शरण लिएका थिए ।

शनिबार रुसी फौजले विद्यालय भवनमा बम खसालेपछि विष्फोट भएको र यसबाट लागेको आगो निभाउन झण्डै चार घण्टा लागेको हाइदाइको भनाइ छ ।यसको आधिकारिक पुष्टि भने नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता