अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

Posted on: 09 May, 2022

वैशाख २६, किभ | एजेन्सी | अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् । 

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा  युक्रेनमा रुसी आक्रमण सुरु भएपछि  जेलेन्स्का पहिलो पटक  सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् । 

रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । 

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!