५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले ट्विटरमा लेखे, ‘यदि म रहस्यमय परिस्थितिमा मरेँ भने…’

२६ बैशाख २०७९, सोमबार ०७:२४

वैशाख २६, काठमाडौँ | टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ ।

मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’

यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए जुन एउटा बयानको स्क्रिनसट जस्तो देखिन्छ ।

रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरू आपूर्ति गरिरहेका छन् । एलन मस्क, यसका लागि तपाईको जवाफदेहिता चाहियो, तपाईंले जतिसुकै चलाखीपूर्ण व्यवहार गरेर मानिसहरुलाई मुर्ख बनाउनुहोस् ।’

युक्रेनमा रहेको अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले उक्त उपकरण पठाएको दाबी पनि गरेको छ ।

मस्कले प्रमाणित ट्विटर अकाउन्ट लाई ट्याग गरेर यो स्क्रिनसट ट्वीट गरेका छन् ।

दुई पोष्टपछि टेस्लाका सीईओले युक्रेनलाई युद्धमा मद्दत गरेकोमा रूसबाट धम्कीको सामना गरिरहेका छन् कि भनेर अनुमान लगाइएको छ ।

फेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनको युद्धग्रस्त क्षेत्रमा सक्रिय थियो । युक्रेनी मन्त्रीहरुले सहयोगको अपील गरेपछि मस्कले यसलाई सक्रिय गरेका थिए ।

एक हप्ता अघि, मस्कले ट्विटर किन्नको लागि ४ अर्ब डलरको प्रस्ताव राखेका थिए, जुन सम्झौतामा ट्विटरको बोर्ड सहमत भएको थियो । यद्यपि यो सम्झौता अझै पूरा भएको छैन र ट्विटरले आफ्ना शेयरधनीहरूसँग यसका लागि सहमति मागेको छ । तर यो सम्झौता आगामी दिनमा सम्पन्न हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता