२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको पशु भाइरसका कारण मृत्यु भएको वैज्ञानिकहरूको विश्वास

२०७९, २६ बैशाख सोमबार ०७:३७

वैशाख २६, न्युयोर्क | मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए । 

बेनेटको शल्यक्रिया ७ जनवरीमा बाल्टिमोर युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा भएको थियो । तर, शल्यक्रिया भएको दुई महिनापछि उनको मृत्यु भएको थियो । 

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

‘शल्यक्रियापछि प्रत्यारोपित मुटुले धेरै सातासम्म कुनै अवरोधबिना धेरै राम्रो काम गरेको थियो । तर, शल्यक्रियापछि उनको अवस्था झनै बिग्रदै गयो’, मेडिकल सेन्टरले एउटा विज्ञप्तिमा भन्यो । 

सुँगुरको भाइरसले यस्ता प्रत्यारोपणका बिरामीहरूलाई आजीवन निगरानी गर्नुपर्ने चासोलाई उजागर गरेको विज्ञहरू विश्वास गर्छन् । 

बेनेटको मुटु पोर्सिन साइटोमेगालो भाइरसबाट संक्रमित भएको जनाइएको छ । यस्ता संक्रमितलाई श्वासप्रश्वासको समस्या देखिने बताइएको छ ।

बेनेटमा प्रत्यारोपण गरिएको सुँगुर बायोटेक कम्पनी रेभिभिकोरले हुर्काएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर