५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या

२७ बैशाख २०७९, मंगलवार ०५:३७

वैशाख २७, काठमाडौँ | चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सत्तारूढ दलका एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाई आफूले आत्महत्या गरेका छन्।

सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैँलाई गोली हानेका हुन्।

एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।गाेली चलाइसकेपछि सांसद अथुकाेराला जनताको आक्रोशबाट बच्न नजिकैको भवनमा लुक्ने प्रयास गरेका थिए। तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए।

त्यसपछि सांसदले आफैँलाई गोली हानेका थिए। जसका कारण उनको मृत्यु भएकाे थियाे।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ। कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन्। घाइते भएकाहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।

सरकार समर्थकहरूले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको हो ।

श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या – देशसञ्चार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता