५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि…..

२७ बैशाख २०७९, मंगलवार ०६:१३

वैशाख २७, नयाँ दिल्ली | भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।

मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे ।

घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो । 

Anger after India airline removes disabled teenager – Saudi Gazette

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता