५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ?

२७ बैशाख २०७९, मंगलवार ०७:३७

वैशाख २७, काठमाडौँ | यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ । 

बिजनेस लिडर्सले बताए अनुसार रुसका धनी वर्गमा पर्ने व्यक्तिहरू उल्लेखनीय रूपमा धमाधम युएई प्रवेश गरिरहेका छन् । यति मात्र नभएर २०२२ को पहिलो तीन महिनामा रुसीहरूले दुबई मा सम्पत्ति खरिद गर्ने दर पनि ६७ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

युएईले अहिलेसम्म रुसमाथि कुनै प्रतिबन्ध लगाएको छैन र युक्रेनमा जारी आक्रामणको आलोचना पनि गरेको छैन भने पश्चिमी राष्ट्रहरू भन्दा विपरीत सबै रुसी नागरिकहरूलाई भिसा दिइरहेको छ । 

स्पष्ट तथ्यांक उपलब्ध नभएपनि हजरौँको मानिसले रुस छाडेकाबारे यसअघि पनि खबर गरिएको थियो । एक रुसी अर्थविद्ले बताएअनुसार युद्ध सुरु भएको दश दिनमै २ लाख बढी रुसी नागरिकले देश छाडेका थिए । यसमा पनि विशेषगरी बौद्धिक क्षमतावान्हरूले देश छाड्ने क्रम बढ्दा रुसले ठूलो स्तरमा ‘ब्रेनड्रेन’ (बौद्धिक पलायन)को सामना गरिरहेको बताइएको छ । 

र, यसमा रुस छाडेर जानेहरूको प्रमुख गन्तव्यमा दुबई परेको स्पष्ट देखिएको छ । दुबई मा कम्पनी स्थापना गर्न मद्दत गर्ने भिर्चुजोनका प्रमुख जर्ज होजे भन्छन्, “युद्ध सुरु भएयता हामीले पाँच गुणा बढी रुसी ग्राहक पाइरहेका छोँ । उनीहरू सबै आगामी आर्थिक क्षतिबारे चिन्तित छन् । त्यसकारण आफ्ना सबै सम्पति सुरक्षित राख्न दुबई मा बसाइँ सरिरहेका छन् ।”

यसरी रुसी धनाढ्यहरूको व्यपाक चहलपहलले दुबई मा लक्जरी भिला र महँगा अपार्टमेन्टहरूको माग पनि ठूलो मात्रामा वृद्धि गराएको छ । घरजग्गा सम्बन्धी व्यसायीहरूले बताए अनुसार यसले युएईभर सम्पत्तिको भाउ पनि बढाइदिएको छ । 

रुसी ग्राहकको चाप बढेसँगै व्यवसायीहरूले रुसी भाषा बोल्ने धेरैलाई रोजगारी दिन थालेको पनि बताएका छन् । रुसीहरूले दुबई मा लगानीका लागि मात्र सम्पत्ति खरिद नगरेर त्यस ठाउँलाई वास्तवमै आफ्नो दोस्रो घर समान दर्जा दिइरहेको व्यवसायीहरू बताउँछन् । 

यति मात्र नभएर रुसमा चर्चित कतिपय कम्पनीहरूले आफ्ना सम्पूर्ण कर्मचारी सहित युएईमा कार्यालय स्थापित गराइरहेका छन् । वीवे भन्ने प्राविधिक कम्पनीका मालिक फड फटुलेभ युक्रेनमा युद्ध सुरु भएपछि सयौँका सङ्ख्यामा कर्मचारीहरूसँग दुबई बसाइँ सरेका हुन् । 

फड भन्छन्, “युद्धले हाम्रो व्यवसायमा वास्तवमै भयानक प्रभाव पार्यो । त्यसैले हामीले रुसमा कारोबार जारी राख्न सकेनौँ र सयौँ मानिसलाई रुस र युक्रेनबाट दुबई ल्याएका हाैँ ।” युएईमा एकदम सुरक्षित आर्थिक तथा राजनीतिक वातावरण भएकाले नै आफूहरूको पहिलो छनोटमा परेको उनको भनाइ छ । 

त्यस्तै ग्लोबल फर्महरू : गोल्डमन स्याक्स, जेपी मोर्गन र गुगलले पनि रुसमा आफ्ना अफिस बन्द गराइ कर्मचारीहरू दुबई मा स्थानान्तरण गराइरहेका छन् ।बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता