२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसद्वरा युक्रेनको ओडेसा शहरमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

२०७९, २७ बैशाख मंगलवार ११:३२

वैशाख २७, काठमाडौँ | युक्रेनको ओडेसा शहरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । 

मे ९ को भिक्ट्री डे सकिएलगत्तै रुसले यो आक्रमण गरेको हो । ओडेसामा लगातार क्षेप्यास्त्र प्रहार गर्ने क्रममा हाइपरसोनिक क्षेप्यास्त्र पनि उपयोग गरिएको बताइएको छ । 

त्यसबाहेक युक्रेनको इज्युममा धराशायी भएको एक भवनबाट ४४ जना नागरिकको शव बरामद गरिएको एक युक्रेनी अधिकारीले बताए । 

गत मार्च महिनामा उक्त पाँचतल्ले भवनमा प्रहार हुँदा त्यसमा सर्वसाधारण रहेको खार्किभ क्षेत्रीय प्रशासन प्रमुख ओलेह सिनेहुबोभले जानकारी दिए । 

पूर्वी युक्रेनमा रहेको इज्युम शहरमा रुसले नियन्त्रण कायम गरेको छ । यो अग्रमोर्चामा रहेको रणनीतिक शहर हो । 

मंगलवार रुसी सैनिकहरूले आकाशबाट ओडेसामा सातवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले बतायो । त्यसक्रममा एक शपिङ सेन्टर र गोदाममा क्षति पुगेको छ । घटनामा एकजनाको मृत्यु भएको र पाँचजना घाइते भएको युक्रेनी सेनाले जनाएको छ । 

युक्रेनी थिंकट्यांक सेन्टर फर डिफेन्स स्ट्राटेजीजका अनुसार, रुसको सुपरसोनिक बम्बरले तीनवटा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । आकाशबाट जमीनमा प्रहार गर्ने किन्जाल क्षेप्यास्त्र रुसले प्रहार गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से