२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिन युक्रेनमा लामो युद्धको तयारीमाः अमेरिकी गुप्तचर निकाय

२०७९, २८ बैशाख बुधबार ०२:५०

वैशाख २८, न्युयोर्क | रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।

राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ । 

मंगलबार  अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि  ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमतबीचको बेमेलको सामना गरिरहेको बताइन ।

सो सुनुवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्ने र बायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाई छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से