वैशाख २८, काठमाडौं | एजेन्सी | विश्वका सात आश्चर्य मध्येको एक ताजमहलमाथिको सबै दावीका बीच जयपुर शाही परिवारले ताजमहल आफ्नो सम्पत्ति भएको दाबी गरेको छ । शाही परिवारकी सदस्य तथा भाजपा सांसद दिया कुमारीले भनिन्, ‘त्यहाँ हाम्रो दरबार थियो । यो राम्रो कुरा हो कि कसैले ताजमहलको ढोका खोल्न अपील गरेको छ, सत्य बाहिर आउनेछ। अहिले हामीले पनि यस विषयमा छानबिन गरिरहेका छौँ ।
दीया कुमारीले आफूसँग कागजातहरू रहेको दाबी गरेकी छिन्, जसमा ताजमहल पहिले जयपुरको पुरानो राजपरिवारको दरबार थियो, जसलाई शाहजहाँले कब्जा गरेको थियो । जब शाहजहाँले जयपुर परिवारको त्यो दरबार र जग्गा कब्जा गरे, परिवारले उनको विरोध गर्न सकेन, किनकी त्यहाँ उनको शासन थियो।