हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन

Posted on: 12 May, 2022

वैशाख २९, काठमाडौँ | श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् ।

राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । यो मन्त्रिपरिषद्मा उनका भाइ महिन्दा राजापाक्षेको स्थानमा कसैलाई स्थान दिइनेछ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिन बाध्य भएका थिए ।

आन्दोलनले उग्र रूप लिएपछि बिहीबारसम्म देशमा कर्फ्यु लगाइएको छ । लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!