२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका साकिरामाथि कर छलीको आरोप

२०७९, १४ जेष्ठ शनिबार ०९:४९

जेठ १४, लसएन्जल्स | कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् ।

स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।

गायिका साकिराको कर छलीको मामला पहिलो पटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी बापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।

‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन् । यस्तोमा उनीमाथि मुद्दा चलाउन सकिनेछ । यदि गायिकामाथिको आरोप सही साबित भए र उनी दोषी ठहरिए भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ,’ अदालतले भनेको छ ।

साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।

तर, अहिले पुनः कर छलीको विषय साकिराका लागि टाउको दुखाईको विषय बनेको छ । यद्यपि, पहिलोपटक न्यायाधीशले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ । तर, यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ