गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...

Posted on: 29 May, 2022

जेठ १५, बिहार | एजेन्सी | पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर् यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे । 

बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ  भन्ने कसैलाई थाहा भएन । 

आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई  ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ति जाने गरेको उनीहरू निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे ।


गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे । ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घन्टा विद्युत कटौती गरेका थिए ।

आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!