५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको विमानमा विमान परिचारिकाको मुक्का हानेर दाँत भाँचीदिएपछि….

१५ जेष्ठ २०७९, आईतवार ०९:२५

एजेन्सी | साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ। सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश  दिएका छन्। यतिमात्र हैन उनलाई व्यावसायिक विमानमा तीन वर्ष उडानमा प्रतिबन्धसमेत लगाएको छ।

न्यायाधीश टोड डब्ल्यूले ती महिलालाई क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन्।


गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन्। आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो। विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा उक्त आक्रमण भएको थियो। देशका दुई प्रमुख अमेरिकन एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यात्रीका दुर्व्यवहार रोक्ने प्रयासमा उडानका बेला मदिरायुक्त पेय बिक्री बन्द गरेका थिए। हाल दुवै एयरलाइन्सले मदिरा बिक्री फेरि सुरु गरेका छन्।

गत साता अदालतमा पेश गरिएको पत्रमा क्विनोनेजले उडान परिचरलाई कुटपिट गरेकोमा माफी मागेकी छिन्। नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन्। उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सीटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन्। तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन्। उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन्। यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन्। एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता